कीवर्डहरू -

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले छोटो अवधिमै २ लाख ग्राहक पुर्‍याउन सफल भएको हो ।

छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले हाल ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ ।

हाल डिशहोम फाइबरनेटको सेवा काठमाडौं उपत्यकाका साथै बुटवल, पोखेरा, घनगढी, भरतपुर, नेपालगंज, लाहान, इटहरी, इनरूवा, विराटनगर, विरगंज, हेटौंडा, गैडाकोट, बनेपा, धरान, दमक लगायत देशका प्रमुख शहरमा सेवा उपलब्ध रहेको छ ।