कीवर्डहरू -

फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप

फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप

फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाएको एमआरआर फेसबुकले पुनः सक्रिय बनाएको हो ।

गत कार्तिक १३ गते फेसबुकको मातृ कम्पनी मेटाले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।

निष्क्रिय भएपछि कम्युनिटी भायलेन्स नगरेको भन्दै एमआरआरलाई सक्रिय बनाउन 'रिभ्यु रिक्वेस्ट' गरिएको थियो र अन्ततः फेसबुकले एमआरआर ग्रुप फिर्ता गरेको छ ।

फेसबुकले सन् २०२० मा पनि एमआरआरलाई कारबाही गरेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।