कीवर्डहरू -

सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने

सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको सुरू गरेको छ ।

यस सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवाद्वारा गर्न सक्नेछन् ।

ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न पाउने बैंकले जनाएको छ ।

यस सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।