कीवर्डहरू -

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक 

सेगवेको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक 

सेगवे-नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई११०एल सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेगवे इ-स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि कुशल इलेक्ट्रिक स्कुटर हो ।

यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी-ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । यसमा विभिन्न उद्योगको अग्रणी उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले  प्रभावशालीले प्रदर्शन प्रदान गर्दछ ।

२४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्ट ब्याट्री क्षमताको साथ इ-स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ  ।

सेगवे-नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टर को लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गरी आएको छ । आई हव प्रालि नेपालमा सेगवे-नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

यस ई-स्कुटरमा इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित १०० प्रतिशत कीलेस छ । यो सेगवले लन्चर एप र एड्मीन ड्यासबोर्ड सँग कार्य गर्दछ । यसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ ।

यसले असामान्यता र पूर्व सूचनाको सुविधा दिन्छ । यसमा अटोमेटिक पार्किङ्ग मोड र कस्टमाइज्ड अडियो, आईओटी कम्युनिकेशन, ब्याट्री म्यानेजमेन्ट सिस्टम, ईलेभेटेड सेक्युरिटी फिचर्स लगायतका सुविधा छन् ।