कीवर्डहरू -

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ? 

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ? 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरेको छ । कोरोना महामारी र प्राविधिक कारण २०७८ सालमा वितरण गर्न नसकेको पुरस्कार कात्तिक २३ गते वितरण गरेको हो ।

पुरस्कृत व्यक्तिहरूलाई नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पुरस्कार प्रमाण-पत्र वितरण गरेका थिए ।

नास्टले कुलपति राष्ट्रिय नव-प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद, विज्ञान पुरस्कार डा. कोमल राज रिजाल, प्रविधि पुरस्कार प्रा. डा. सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमश डा. लक्ष्मी कुमार पराजुली, डा. निरन्जन कोइराला, डा. प्रदीप कुमार पौड्याल, डा. रक्षा डंगोल र डा. अनु भट्टराईलाई वितरण गरेको छ ।

त्यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबीता पौडेल, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमशः प्रकाश चन्द्र अमात्य र कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्र कुमार सुवेदी, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णु प्रसाद कडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इन्जिनियरिङ विभाग काठमाडौं विश्वविद्यालय, जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इन्जिनियरिङ इन्डस्ट्रीज प्रालि, भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रा. लि. र काजी इन्द्र कटुवाल कृषि पुरस्कार डा. टेक प्रसाद गोतामेले पाएका छन् ।

नास्टले १३ विधाका १९ जना व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गरेको हो । त्यसैगरी कार्यक्रममा उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले वैज्ञानिक तथा प्राविधिक क्षेत्रका प्रा. डा. प्रेमनाथ मास्के, प्रा. डा. भद्रमान तुलाधर, डा. सुशिला भट्टराई, डा. केदार बुढाथोकी र श्विमला मास्केलाई कदरपत्र प्रदान गरेका थिए ।

साथै उपकुलपति श्रेष्ठले सो अवसरमा बाली विज्ञान शब्दकोष सम्बन्धि पुस्तकको विमोचन पनि गरेका छन् । कार्यक्रममा नास्टका सचिव डा. महेश कुमार अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने ।

प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना वज्रले कार्यक्रम बारे जानकारी दिएकी थिइन् । यस्तै नास्ट सेवा आयोगका अध्यक्ष डा. खगराज बरालज्यूले पुरस्कृत सबैलाई धन्यवाद दिएका थिए ।