कीवर्डहरू -

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमै हेर्न सकिने 

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमै हेर्न सकिने 

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमा हेर्न सकिने छ । रामबाबु गुरुङ निर्देशन गरेको चलचित्र ‘कबड्डी–४’ को शुक्रबारदेखि सिनेमाघरमा एपमा डिजिटल रिलिज सुरू भएको हो ।

सिनेमाघर एपमा विज्ञापनरहित चलचित्र हेर्न पैसा तिर्नुपर्ने छ भने विज्ञापनसहित हेर्न निःशुल्क हेर्न सकिने जनाइएको छ ।

हलमा हेर्न छुटाएका दर्शकलाई लक्षित गर्दै कबड्डी चार डिजिटल रिलिज गरिएको हो ।

चलचित्र सिनेमाघर एप लगायत, ट्याब्लोइड, एन्ड्रोइड टीभी, अमेजन फायर टीभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधि प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने छ ।