कीवर्डहरू -

युट्युब भिडियोको सानो क्लिप काटेर कसरी पठाउने ? यस्तो छ तरिका

युट्युब भिडियोको सानो क्लिप काटेर कसरी पठाउने ? यस्तो छ तरिका

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं ।

तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न मन लागेको भिडियो खोजेर खोल्नुहोस् । अब भिडियो तल रहेको क्लिप बटन क्लिक गर्नुहोस् ।

यति गरेपछि भिडियोलाई रिनेम गर्नुपर्ने हुन्छ । यसपछि स्लाईडरलाई सारेर भिडियो ट्रिम गर्न सकिन्छ । एडिट गरिसकेपछि सेयर क्लिप बटन थिच्नुपर्ने हुन्छ । यसपछि लिंक कपि गरेर सेयर गर्न सकिन्छ ।