कीवर्डहरू -

पोखरा जोमसोम हवाई रूटमा मौसम सम्बन्धि जानकारी दिने क्यामेरा जडान हुने

पोखरा जोमसोम हवाई रूटमा मौसम सम्बन्धि जानकारी दिने क्यामेरा जडान हुने

नेपालको हवाई उड्ययन क्षेत्रलाई थप सुरक्षित बनाउन राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।

पोखरा जोमसोमको हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न केन्द्र र प्राधिकरणबीच समझदारी भएको हो ।

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउन पोखरा जोमसोम पोखरा हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्रस्थान विन्दु र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरू इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।