कीवर्डहरू -

इन्टरनेटको स्पीड चेक गर्ने तरिका

इन्टरनेटको स्पीड चेक गर्ने तरिका

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका चाङ छन् ।

सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं ।यसका लागि केही टुल छन् जसबाट हामी इन्टरनेटको स्पीड जाँच्न सक्छौं ।

तर जाँच गर्नुभन्दा पहिले प्रयोगकर्ताहरुले कुनै पनि डाउनलोड वा अपलोड गरिरहेको भने हुनु हुँदैन् । त्यसैगरी जाँच गर्दा भीपीएन पनि बन्द गर्नुपर्छ । आज हामी तपाईलाई इन्टरनेटको स्पीड चेक गर्ने केही तरिकाको जानकारी दिदैछौं ।

ओकला स्पीड टेस्ट

ओकला स्पीडटेस्ट ले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहा पाउन मद्दत पुर्‍याउँछ ।

यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ । यसको विन्डोज, म्याक, गूगल क्रोम आदिका लागी नेटिभ एप समेत रहेको छ ।

यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ । ग्लोबल इन्डेक्समा गएर भने विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडहरु हेर्न सकिन्छ ।

अन्य केही स्पीड टेष्ट गर्ने तरिका

फास्ट डटकम साइटमा गएर पनि आफै नै स्पीड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पीड टेष्ट हुन थाल्छ ।

यो एन्ड्रोइड र आइओएसमा एपको रुपमा पनि उपलब्ध रहेको छ । त्यस्तै स्पीडअफ डटमी वेबसाइटबाट पनि स्पीड जाँच्न सकिन्छ । यसको उत्तर अमेरिका, यूरोप, एशिया लगायतमा ११६ ओटा सर्भर रहेका छन् ।

यस्तो वेबसाइटहरुको प्रयोग गरेर इन्टरनेटको स्पीड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पीड टेष्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पीड जाँच्न सकिन्छ ।

साथै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट पनि इन्टरनेट स्पीड जाँच गर्न सकिन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।