कीवर्डहरू -

विश्वकप फुटबल लाइभ हेर्न नेपाली दर्शकले पाँचसय रूपैयाँ तिर्नुपर्ने

विश्वकप फुटबल लाइभ हेर्न नेपाली दर्शकले पाँचसय रूपैयाँ तिर्नुपर्ने

नेपाली दर्शकहरूले अब टेलिभिजनबाट विश्वकप फुटबल हेर्न पाउने भएका छन् । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै विश्वकप फुटबल हेर्न पाइने भएको हो ।

यसअघि विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर विश्वकप फुटबल लाइभ देखाउन पाउने भएका हुन् ।

आउँदो मंसिर ४ गतेबाट सुरू हुने फुटबल विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण गर्ने अधिकार मिडिया हबले पाएको छ । मिडिया हबले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ ।