कीवर्डहरू -

सनवे कलेजमा हल्ट प्राइज सुरू हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

सनवे कलेजमा हल्ट प्राइज सुरू हुँदै, भोलिदेखि टिम दर्ता गर्न सकिने

सनवे कलेजमा बिहीबारदेखि औपचारिक रूपमा हल्ट प्राइज सुरू हुने भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै कलेजले हल्ट प्राइज सुरू गर्ने तयारी गरेको हो ।

उक्त उद्धाटन कार्यक्रममा कलेजका सबै विद्यार्थी र फ्याकल्टी मेम्बरहरू उपस्थित हुने हल्ट प्राइज सनवेका कलेज निर्देशक उदित कुमार महत्तोले जानकारी दिए ।

उद्घाटन कार्यक्रम बिहान साढे १० बजेदेखि सुरू हुनेछ । बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया सुरू हुनेछ ।

विद्यार्थीको नोबेल प्राइज भनेर चिनिने हल्ट प्राइज विश्वस्तीय कार्यक्रम हो, जहाँ समसामयिक समस्यालाई समाधान गर्न विद्यार्थीहरूले आफ्ना आईडिया प्रस्तुत गर्छन् ।

यस वर्ष फेसन तथा कपडा उद्योगलाई थप दिगो बनाउनका लागि विद्यार्थीहरूले आफ्ना आईडिया ल्याउनु पर्नेछ । त्यसपछि उत्कृष्ट आईडियालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाइने छ ।