कीवर्डहरू -

कनेक्ट आईपीएसको विन्टर अफर, क्यासब्याकदेखि निःशुल्क वार्षिक सब्सक्रिप्सनसम्म

कनेक्ट आईपीएसको विन्टर अफर, क्यासब्याकदेखि निःशुल्क वार्षिक सब्सक्रिप्सनसम्म

कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ ।  उक्त अफर अन्तर्गत मङ्सिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कनेक्ट आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सबक्रिप्सन (अधिकतम रु १५,००० सम्म) समेत प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका ग्राहकहरुले मोबाइल एप डाउनलोड गरी वा www.connectips.com  मा गई नयाँ युजर बनाउन सक्नेछन् । एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाइन सेल्फ भेरिफाइ   वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्ने हुन्छ ।