कीवर्डहरू -

विश्वकप फुटबल टुके गुणस्तरमा प्रसारण गर्दै डिशहोम

विश्वकप फुटबल टुके गुणस्तरमा प्रसारण गर्दै डिशहोम

डिशहोमले विश्वकक फुटबल टुके गुणस्तरमा पनि प्रसारण गर्ने भएको छ । आईतबारदेखि सुरू हुने फुटबल डिशहोमले च्यानल सम्बर ९८१ मा टुके क्वालिटीमा हेर्न सकिने छ ।

त्यस्तै च्यानल नम्बर १७० मा एसडी र ९८२ मा एचडी क्वालिटीमा विश्वकप हेर्न सकिने जनाइएको छ । ५६५ रुपैयाँ शुल्क तिरेर डिशहोमबाट विश्वकपका सबै खेल लाइभ हेर्न सक्नेछन् । तर विश्वकपको सेमिफाइनल र फाइनलका खेल भने निःशुल्क हेर्न सकिनेछ ।

यसका साथै डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान 'फिल द म्याजिक अफ फुटबल इन डिशहोम' अभियान शुरु गरेको छ ।

नेपालको एक मात्र DTH कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् ।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।