कीवर्डहरू -

आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ? 

आजबाट सुरू हुँदै फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’, कसरी हेर्ने लाइभ ? 

फुटबलको महाकुम्भ विश्वकप फुटबल आईतबार सुरू हुँदैछ । फुटबल प्रेमीहरू यतिबेला लाइभको प्रतिक्षामा छन् ।
नेपालमा यसटपक विश्वकप फुटबल हेर्न ५६५ रूपैयाँ तिर्नुपर्नेछ ।

नेपालका लागि विश्वकप फुटबल प्रसारणको अधिकार लिएको मिडिया हबले हिमालय प्रिमियम टिभीबाट विश्वकप फुटबलका खेलहरू प्रसारण गर्दैछ ।

विश्वकप फुटबलका पुरै खेलहरू हेर्न ५६५ रूपैयाँ शुल्क तिरेर हिमालय प्रिमिमय च्यानलको ग्राहक हुनुपर्नेछ तर विश्वकप फुटबलका उद्घाटन, सेमिफाइनल र फाइनलका खेल हेर्न भने शुल्क तिर्नु पर्ने छैन् ।

\"\"

हिमालय टिभी एचडी मार्फत शुल्क नतिरेर निःशुल्क रूपमा विश्वकप फुटबलका उद्घाटन, सेमिफाइनल र फाइनलका खेल हेर्न सकिने छ ।

विश्वकप फुटबल मोबाइल हेर्न पाइने छैन् । यस पटक टेलिभिजनबाट मात्रै विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिडिया हबले गरेको छ ।

भाया टिभी, नेट टिभी, क्लियर टिभी, डिशहोम, सिमटिभी, डिशहोम आईपी टिभी, स्काई, डोइनटिभी, युनिकटिभी, ब्रोडटिभी, म्याक्स नेटटिभी, एनटीटिभी, मेरो टिभी, स्काइकम लगायतमा हिमालय प्रिमियम टिभी उपलब्ध छ । वर्ल्डकप प्याकेज खरिद गरेर विश्वकपका सबै खेल हेर्न सकिने छ ।

इसेवा, खल्ती, फोन पे लगायका वालेटबाट अनलाइनबाटै शुल्क तिरेर हिमालय प्रिमियमको गाहक बन्न सकिने छ भने केबल प्रसारकका स्थानीय डिलरमार्फत् भुक्तानी गरेर हिमालय प्रिमियमको ग्राहक बन्न सकिने जनाइएको छ ।