कीवर्डहरू -

फोल्डेबल फोन सार्वजनिक गर्दै साओमी, के के छन् सुविधा ?

फोल्डेबल फोन सार्वजनिक गर्दै साओमी, के के छन् सुविधा ?

साओमीको आगामी फोल्डिङ स्मार्टफोनको प्राटोटाइप अनलाइनमा सार्वजनिक भएको छ । टिपस्टर कुबाका अनुसार सोआमीको नयाँ फोल्डिङ स्मार्टफोन बाहिरतिर फोल्ड हुने क्षमताका साथ सार्वजनिक हुनेछ ।

यसको नाम साओमी १३ हुने आशंका गरिएको छ । यसमा क्वालकमको स्नापड्रयागन ८५५ प्रोसेसर प्रयोग गरिएको पनि रिपोर्टले बताएको छ । फाइभजी सपोर्टका लागि पनि ८५५ मोडेम राखिएको छ ।

यसको दुई ओटा भर्सन सार्वजनिक हुनेछन् । यसमा साओमी १३ र साओमी १३ प्रो हुनेछन् । यो स्मार्टफोन ६.७ इन्चको ई सिक्स एल्टीपिओ डिस्प्ले र टू के रिजोल्युसनका साथमा आउने भएको छ ।

यसमा ५० एमपीको अल्ट्रावाईड लेन्स र ५० एमपीकै टेलिफोटो लेन्स प्रयोग गरिएको छ । यसमा सर्ज सिटू इमेज सिग्नल प्रोसेसर पनि रहेको छ ।