सोमबार, २२ जेठ, २०८०
Monday, 05 June, 2023

यस वर्ष पनि पुल्चोक क्याम्पसमा हल्ट प्राइज आयोजना हुँदै

पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज डिसेम्बरदेखि ‘हल्ट प्राइज एट आईओई पुलचोक’ औपचारिक रूपमा सुरू हुने भएको हो । 

डिसेम्बरको पहिलो हप्ता आयोजना हुने अभिमुखीकरण कार्यक्रममा हल्ट प्राइज के हो ? कसरी टिम दर्ता गर्ने ? बारे जानकारी दिइने छ । सोही दिन हल्ट प्राइज बारे आईओई पुलचोक क्याम्पस प्रमुख र डीनले आफ्ना शब्दहरू राख्नेछन् । 

अभिमुखीकरण कार्यक्रममा गत वर्ष पुल्चोक क्याम्पसमा आयोजना भएको हल्ट प्राइजको विजेता मेजरमी डटएआईले आफ्नो अनुभव पनि अरू इच्छुकसँग बाड्ने छ । साथै हल्ट प्राइजका क्याम्पस प्रमुखले समेत आफ्ना भनाइहरू राख्ने छन् । 

यस वर्षको हल्ट प्राइजको थिम नै फेसन भएकाले उक्त कार्यक्रममा फेसन उद्योगबाट अतिथि उपस्थित हुने जनाइएको छ । साथै कार्यक्रममा सांगीतिक प्रस्तुती समेत राखिएको छ । 
 

 

सम्बन्धित समाचार