कीवर्डहरू -

फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता, एआई शिक्षा सुधारमा सहकार्य गर्ने

फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता, एआई शिक्षा सुधारमा सहकार्य गर्ने

फ्युजमेसिन्सले काठमाडौँ विश्वविद्यालयसँग एआई शिक्षाका सुधारका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार फ्युजमेसिनले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागलाई पाठ्यक्रम विकास, प्रशिक्षणको सुझाव, सिक्ने अवसरहरु तथा सेमेस्टर प्रोजेक्टका लागि एआई विज्ञ प्रदान गर्नेछ ।

युवा प्रतिभा र नवीन पीढीलाई एआई करिअर अवसरहरू प्रदान गर्न र विश्वभर माग भएको एआई प्रतिभा आपूर्ति ग्यापलाई पूरा गर्ने उद्देश्यले साझेदारीको सुरुवात गरिएको हो ।

विश्वव्यापी एआई प्रतिभाको अभाव भएको र नेपाल जस्ता विकास उन्मुख  देशहरू यस शिक्षामा पछाडि रहेको अवस्थामा यसले थप सहयोग गर्ने फ्युजमेसिन्सले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयका डिन मनिस पोखरेलले यस सम्झौताले आगामी दिनमा उद्योगका लागि तयार एआई जानकार विद्यार्थी उत्पादन गर्न सहयोग मिल्ने बताए ।

फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागले एआई शिक्षामा रहेको एकेडेमियाको दूरीलाई पूरा गर्न तथा नेपाली प्रतिभालाई विश्वव्यापी रुपमा प्रष्फुटन गराउन कोसिस गर्नेछन् ।

फ्युजमेसिन्सले सुरू देखि नै नेपालभर एआई प्रशिक्षणको वृद्धि र विद्यार्थीहरुलाई एआई शिक्षाले सुदृढ बनाउने कोसिस गरिरहेको सिईओ समिर मास्केले बताए ।