कीवर्डहरू -

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ ।

एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।

नेपाली युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरहरूमा क्षमता विकासका लागि पनि कार्यक्रम सञ्चालन हुने बताइएको छ ।