कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटी फिचर आउने भएको छ । आगामी फेब्रुअरीमा सार्वजनिक हुने फोनमा सामसङले इरिडियम नामक स्मार्टफोन कम्पनीसँग सहकार्य गरेर स्याटेलाईट कनेक्टिभिटीको दिन लागेको हो ।

एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । तर सामसङले त्यो भन्दा अगाडि नै कनेक्टिभिटी फिचर सार्वजनिक गर्ने तयारी गरेको हो ।

स्याटेलाईट कनेक्टिभिटी मार्फत डेटा, मेसेज तथा इमेज पठाउन सकिन्छ । सामसङले यस फिचरका लागि विगत २ वर्ष देखि काम गर्दै आएको थियो । यसका लागि फोनमा सानो एन्टीना समेत हुन सक्नेछ ।