कीवर्डहरू -

आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ 

आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ खुला भएको छ ।

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा सर्वोत्कृष्ट छनोटका लागि आइएमइ पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ ।

यी ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आईडीबाट एक विधामा एउटा प्रतिस्पर्धीलाई मात्र भोट गर्न सकिने जनाइएको छ ।

यस्तै स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ मा पर्न सफल भएका प्रतिस्पर्धीहरुलाई पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ लागि भोट गर्न सकिने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।

यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था गरिएको छ भने गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिने छ ।

भोट गर्नको लागि सुरूमा आइएमइ एप डाउनलोड गर्नुहोस् । त्यसपछि आफ्नो अकाउन्ट लग इन गरी (नयाँ प्रयोगकर्ताले नयाँ अकाउन्ट बनाउनु पर्नेछ) इन्टरटेन्मेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि भोटिङ भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् । अनि विधा छनोट गर्नुहोस् र भोट नाउमा क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।

यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार ICT टाइप गरी भोटिङ कोड लेखेर 35001 मा पठाउनुपर्नेछ ।

भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट www.ictaward.org बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।