कीवर्डहरू -

\'आउटसोर्सिङ आईटी इन्डस्ट्री इन नेपाल\' विषयमा प्यानल डिस्कसन हुँदै, निःशुल्क प्रवेशको सुविधा

\'आउटसोर्सिङ आईटी इन्डस्ट्री इन नेपाल\' विषयमा प्यानल डिस्कसन हुँदै, निःशुल्क प्रवेशको सुविधा

टेक वेबिनार नेपालले 'आउटसोर्सिंग आईटी इन्डस्ट्री इन नेपाल' विषयमा प्यानल डिस्कसन सञ्चालन गर्ने भएको छ । टेक वेबिनार नेपालले लिभिङ विथ आइसिटी र इम्प्याक्ट हबसँगको सहकार्यमा मंसिर १९ गते प्यानल डिस्कसन हुने भएको हो ।

इम्प्याक्ट हब काठमाडौँमा सञ्चालन हुने प्यानल डिस्कसन सेसन दिउँसो २ बजेदेखि ४ः३० बजेसम्म आयोजना हुनेछ भने आउटसोर्सिङ उद्योग बारे वृहल छलफल हुनेछ ।

प्यानलिस्टमा टेकक्राफ्ट इन्कका कार्यकारी निर्देशक र बोर्ड सदस्य सन्तोष कोइराला, क्वीक्फक्स टेक्नोलिजजका सहसंथापक तथा सिईओ रिचन श्रेष्ठ र जेनेस सोल्युसनकी मानव संसाधन प्रबन्धक सजिना शर्मा रहेकी छिन् ।

त्यस्तै अरु प्यानेलिस्टमा एक्जन सिस्टमका वरिष्ठ व्यापार प्रणाली विश्लेषक रवि भट्टराई, एनसेलकी सूचना सुरक्षा इकाई प्रमुख यासमिन भट्टराई र यूसमका प्रडक्ट ओनर तथा डटनेट डेभ्लपर पासाङ तामाङ रहेका छन् ।

फ्युजमेसिनका सञ्चालन र प्रशासन निर्देशक सुमन महर्जनले प्यानल डिस्कसनमा सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । यस कार्यक्रममा सहभागी हुनलाई यहाँ क्लिक गरेर रेजिस्टर गर्नुहोस् ।