कीवर्डहरू -

सामसङको मोबाइल खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले जिते रेनल्टको कार

सामसङको मोबाइल खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले जिते रेनल्टको कार

सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् ।

गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको छ ।

हालैमात्र एक कार्यक्रमकाबीच कम्पनीले विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । तोकिएको समयावधिभित्र कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इ-कमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूलाई उपहार योजनामा सामेल गराइएको थियो ।

सो अवधिभर दैनिक विजेताहरु हरेक हप्ता पी.ए.एन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोषित गरिएको थियो भने लटरी ५ सेप्टेम्बेरबाट सुरु हुँदै ५ हप्ता सम्म भएको थियो ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्राहकको सधैं कदर गर्दै उबर्षैभरी केहि न केहि नयाँ र रोमाञ्चक अफरहरु लिएर आइरहेको बताए ।