कीवर्डहरू -

१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

स्मार्ट टेलिकमले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।

यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्क मार्फत सोसल मिडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् ।

यस योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण प्रदान गर्ने कम्पनीको विश्वास छ ।  *१४१००*३*४*१# डायल गरेर अनलिमिटेड डाटाको मज्जा लिन सकिने छ ।