कीवर्डहरू -

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स 

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स 

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो रेमिट” सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ ।

एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत रु. १ अर्ब ५० करोड रुपैया नेपाल भित्रीएको छ । मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको सीईओ सुदिना गौतमको भनाइ छ ।

उनको अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन् ।

पछिल्लो ३ महिनामा रु. ५० करोड रेमिट्यान्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै रु.२० करोड रेमिट्यान्स भित्राएको छ । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धी देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ ।

अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रुपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ ।

‘अष्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट शुरु हुँदैछ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी विस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौं,’ सीईओ सुदिना गौतमले भनिन्, ‘अब अमेरिकापछि अष्ट्रेलियामा भने यो सेवा छिट्टै शुरु हुँदैछ । अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौं ।’

त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको इन्स्ट्यान्ट पे (INSTANT PAY) सुविधा अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाएका पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउने छन् ।

हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको हाम्रो पे डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्नेछ । अहिले डिजिटल वालेट हाम्रो पे भने सार्वजनिक हुने अन्तिम चरणमा छ ।

आफ्नो मेहेनतको कमाई सजिलै अनि धेरै रेटमा नेपाल पठाउन मिल्ने भरपर्दो माध्यम बनेको हाम्रो पात्रो रेमिटले आगामी दिनहरूमा प्रयोगकर्ताहरूको सकारात्मक सल्लाह र सुझावहरू समेट्दै यसलाई अझ प्रभावकारी बनाउँदै लिएर जाने सुदिना गौतमको भनाइ छ ।