मंगलबार, १७ माघ, २०७९
Tuesday, 31 January, 2023

आईएमई पेबाट तीनसय रूपैयाँमा फुटबल विश्वकपको प्याकेज खरिद गर्न सकिने

आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नु पर्ने हुन्छ । यस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य रू. ५ सय ६५ तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्ने छन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने आईएमई पेले जनाएको छ । 

 

सम्बन्धित समाचार