कीवर्डहरू -

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुँदै, सिईओ बेपत्ता

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुँदै, सिईओ बेपत्ता

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुने भएको छ । कम्पनीका सिईओ केही समयदेखि बेपत्ता रहेका छन् ।

फोसहोस्ट एक ओपन सोर्स सफ्टवेयर होस्टिङ तथा क्लाउड कम्प्युटिङ प्रदायक हो । लामो समय देखि सेवा दिदै आएको कम्पनीको अब भने अन्त्य आएको छ । प्रयोगकर्ताहरुलाई आफ्नो डेटालाई ब्याकअप गर्न र कुनै अरु होस्टिङ प्लेटफर्ममा जान सुझाव दिइएको छ ।

कम्पनीले विभिन्न संस्थाहरुलाई निःशुल्कनै सेवा दिईरहेको थियो । फोसहोस्ट डटओआरजी लिंकमा क्लिक गर्दा एरर ४०४ (नट फाउण्ड) देखाईरहेको थियो ।

कम्पनीले को लोकेसन शुल्क तिर्न नसकेका कारण सर्भर डाउन भएको ह्याकर न्यूज पोस्टको कमेन्टमा लेखिएको छ । कम्पनीका सिईओ थोमस मार्कि गत ६ महिना देखि लापत्ता रहेका छन् र फण्ड रहेको सबै बैंक अकाउन्ट उनको पहुँचमा मात्रै रहेको छ ।

फोसहोस्टको डिसेम्बर २०२१ सम्म पनि २५० ओपन सोर्स प्रोजेक्टहरु रहेका थिए । तर अब फण्ड नभएका कारणले कम्पनीले सेवा दिन नसक्ने भएको छ ।