कीवर्डहरू -

क्यास डेटा तथा वेबसाईटले स्टोर गरेको डेटा कसरी हटाउने ?

क्यास डेटा तथा वेबसाईटले स्टोर गरेको डेटा कसरी हटाउने ?

क्रोम हामी सबैले प्रयोग गरिरहने ब्राउजर हो । तर धेरै ब्राउजरको प्रयोगगर्दा कहिलेकाँही क्यास डेटा तथा अरु डेटाहरु वेबसाईटले स्टोर गरिदिएको हुन्छ । आज हामी त्यो डेटा हटाउन के गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

क्यास डेटा प्रयोगकर्ताहरुका लागि अक्जिलरी मेमारि हो जसले गर्दा पेज छिट्टै लोड हुने गर्दछ । यो हटाउनका लागि सर्वप्रथम माथिल्ले बायाँ भागमा रहेको तीन अ‍ोटा थोप्लामा क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि हिस्ट्रीमा क्लिक गर्नुपर्ने हुन्छ । अब क्लियर ब्राउजिङ हिस्ट्रीमा किलक गर्नुपर्ने हुन्छ । अब विन्डोको बायाँ भागमा रहेको प्राइभेसी एण्ड सेक्युरिटीमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब क्लियर ब्राउजिङ डेटामा क्लिक गरेर कुकी एण्ड अदर साईट डेटा एण्ड क्यास ईमेज एण्ड फाइल भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि क्लियर डेटा भननेमा क्लिक गर्नुपर्ने हुन्छ ।

वेबसाइटले स्टोर गरिदिएको सबै डेटा डिलिट गर्नका लागि :

क्रोममा प्रयोगकर्ताहरुले वेबसाइटले स्टोर गरिदिएको सबै डेटा डिलिट गर्नसक्छन् । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम गूगल क्रोम खोलेर सेटिङ्गमा जानुपर्ने हुन्छ । अब सेक्युरिटी एण्ड प्राइभेसी मा क्लिक गर्नुहोस् । यति गरेर साइट सेटिङ्गमा क्लिक गरेर भ्यू पर्मिसन एण्ड डेटा एक्रस साइट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेर कुन वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्ने भनेर खोज्नुपर्ने हुन्छ ।

खोजेपछि त्यसको अगाडी रहेको फरवार्ड एरोमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आएको स्क्रीनमा युसेज सेक्सन अन्र्तगत रहेको क्लियर डेटा अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी वेबसाईटको क्रोममा स्टोर गरिएको डेटा डिलिट गर्न सकिन्छ ।