कीवर्डहरू -

अमेरिकामा पनि सार्वजनिक हुँदै नथिङ स्मार्टफोन

अमेरिकामा पनि सार्वजनिक हुँदै नथिङ स्मार्टफोन

नथिङले अमेरिकामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो स्मार्टफोन यूरोप, मध्य पूर्व र एसियामा मात्रै सार्वजनिक गरिरहेको थियो ।

कम्पनीले अमेरिकामा विभिन्न विक्रेताहरुसँग यो स्मार्टफान विक्रि गर्नका लागि छलफल गरिरहेको छ । वानप्लसका सहसंस्थापक कार्ल पेई अमेरिकी बजारसँग पहिले पनि भिजेका छन् । त्यसले गर्दा पनि उनको लागि नथिङ स्मार्टफोन अमेरिकामा सार्वजनिक गर्न धेरै गाह्रो नहुने देखिन्छ ।

नथिङले अमेरिकामा यसअघि देखि इयर स्टीक वायरलेस बड बिक्री गर्दै आएको छ । अमेरिकी बजारले नथिङको प्रडक्टमा राम्रै रुची देखाउँदै आएको छ र यो स्मार्टफोन लञ्च पनि सफलनै हुने आशा गरिएको छ ।