कीवर्डहरू -

सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरीको डिजिटल क्याम्पेन \'क्लिक एण्ड विनमा\' सहभागी भई आकर्षक गिफ्टहरु जित्न सकिने

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका आकर्षाक अफरहरु सार्वजनिक गर्दै आएको छ | यसै अनुरुप कम्पनीले आउँदै गरेको क्रिसमसको अवसरमा सेक्रेट सान्टा गिफ्ट नामक अफर सार्वजनिक गरेको छ |

यस अफर अनुरुप सेल्सबेरीमा खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट सान्टा गिफ्टहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार रु ५०० देखि रु ५०००० सम्मको खरिदमा विभिन्न किसिमका आकर्षक गिफ्टहरु राखिएको छ |

यो योजना सेल्सबेरी तथा सेलवेज पोखराका विभिन्न शाखाहरुमा लागु गरिने जनाइएको छ | यो योजना डिसेम्मबर ३१ सम्म लागुहुने बताइएको छ |

यसैबीच सेल्सबेरीले आफ्नो स्टोरहरुमा विशेष क्रिसमसको सजावट गरेको छ | ग्राहकहरुले यस सजवटमा आफ्नो तस्विरलाई सेल्सबेरीको डिजिटल क्याम्पेनमा क्लिक एण्ड विनमा सहभागी भई आकर्षक गिफ्टहरु जित्न सक्नेछन् ।