कीवर्डहरू -

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२  इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ ।

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा सर्वोत्कृष्ट छनोटका लागि आइएमइ पे र स्प्यारो एसएमएस मार्फत शुक्रबार सम्मका लागि भोटिङ गर्न सकिनेछ ।

यी ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आईडीबाट एक विधामा एउटा प्रतिस्पर्धीलाई मात्र भोट गर्न सकिने जनाइएको छ ।

यस्तै स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ मा पर्न सफल भएका प्रतिस्पर्धीहरुलाई पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ लागि भोट गर्न सकिने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।

यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था गरिएको छ भने गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिने छ ।

स्र्टाअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतिस्प्रधाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण भईरहेको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

भोट गर्नको लागि सुरूमा आइएमइ एप डाउनलोड गर्नुहोस् । त्यसपछि आफ्नो अकाउन्ट लग इन गरी (नयाँ प्रयोगकर्ताले नयाँ अकाउन्ट बनाउनु पर्नेछ) इन्टरटेन्मेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि भोटिङ भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् । अनि विधा छनोट गर्नुहोस् र भोट नाउमा क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।

यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार आइसिटी टाइप गरी भोटिङ कोड लेखेर ३५००१ मा पठाउनुपर्नेछ ।

भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट www.ictaward.org बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।