कीवर्डहरू -

नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्ट बीच व्यावसायिक सम्झौता

नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्ट बीच व्यावसायिक सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरूसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

सम्झौतासँगै नेपाल रेमिटका ग्राहकले अब देशभर रहेका १५ हजार स्थानहरूबाट विदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन् ।