कीवर्डहरू -

१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज आइओईले आफु अन्तर्गतका सबै कलेजहरूमा अभिमुखीकरणर कार्यक्रम आयोजना गरेको छ। यसमा हल्ट पुरस्कारमा प्रतिस्पर्धा गर्न आवश्यक पर्ने सबै जानकारी दिइएको थियो।

प्रत्येक अभिमुखीकरणमा सहभागीलाई अघिल्लो सहभागीका कथा र उनीको यात्राको बारे विवरणहरूसहित हल्ट पुरस्कारको छोटो परिचय दिइन्छ । त्यसपछि दर्शकहरुको जिज्ञासा सम्बोधन गर्दै इच्छुक उम्मेद्वारहरूलाई टोली दर्ताको लागि बोलाइन्छ।

यस वर्षको प्रतियोगिताको थिम “फेसन रिडिजाइन” सँग मेल खाने गरी सहभागीहरुका लागि ब्रेसलेट, एम्ब्रोइडरी, बिडजस्ता फेसनका सामानहरुका लागि कस्टम स्टलहरु राखिएको थियो ।

कार्यक्रममा नेपालका युवा उद्यमी सुरजराज पाण्डेको पनि उपस्थिति रहेको थियो । उनले फेसन व्यवसायमा दिगो उत्पादनले पार्ने सकारात्मक प्रभावहरूको बारेमा आकर्षक प्रवचन दिएका थिए ।

यी अभिमुखीकरण सत्रहरू पूरा भएपछि प्रतिस्पर्धीहरूको हल्ट पुरस्कारको उद्यमशीलता श्रृंखलामा कार्यशालाहरूमा भाग लिन सक्छन्, जहाँ आफ्नो आईडियालाई अझै अगाडि लग्न मार्गदर्शन मिल्न सक्छ । उद्यमशीलताको सेसन निःशुल्क लिन सकिन्छ ।

यस वर्ष हल्टा प्राइज आईओईलाई मस्त कला, टास्केड,डिजिटल ओसन, इन्ट्रान्स क्याफे,इम्प्याक्ट हब, एनएमबीसिएल ,एम् सेक्युरिटी र प्रोटोजोआहोस्टले प्रायोजन रहेका थिए ।