कीवर्डहरू -

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सुरू भएको छ  । द सोल्टी काठमाडौंमा भएको इन्फोडेभलपर्स आईसिटी अवार्डमा कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव शंकर दास बैरागीले प्रविधिबाट फिनालेको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थिति रहेको छ ।

त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव मधु मरासिनी, नास्टका उपकुलपति सनिलबाबु श्रेष्ठ, प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, महेश बर्तौला, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, पूर्व मन्त्री गणेश शाह लगायत सरकारी तथा निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि आइसिटी अवार्ड आयोजना गरिरहेका बताए ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए ।

त्यस्तै इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राज भन्डारीले यस वर्ष आईसिटी अवार्ड ५५० बढीको आवेदन आउनु एकदमै राम्रो कुरा भएको बताए ।

आइसिटी अवार्ड १४ विधामा अवार्ड वितरण गरिदै छ ।