कीवर्डहरू -

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा श्रेष्ठलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष मंगेशलाल श्रेष्ठले पाएका हुन् ।

मंगेशलाल श्रेष्ठ फ्रस्ट डिजिटल भेञ्चर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । विगत २ दशकदेखि उद्यमशीलतामा सक्रिय रहेका उनी सूचना प्रविधिमा काम गर्ने थुप्रै युवाहरूका लागि प्रेरणाको स्रोत हुन्।

डिजिटल नेपाल फ्रेमवर्क तयार गर्न महत्वपूर्ण योगदान दिएका श्रेष्ठ सिल्भर लाइनिङ, ओम डेटा सेन्टर र क्यास टेक्नोसेल्सका सञ्चालक सदस्य समेत हुन् । उनले बेलायतको अस्टन विश्वविद्यालयबाट बिजनेस र सूचना प्रविधिमा एमएससी अध्ययन पूरा गरेका छन् ।

श्रेष्ठले बैंक तथा वित्तिय संस्था, आइसिटी, डाटा सेन्टर, क्लाउड प्रविधि, बिग डाटा, फिनटेक, हेल्थकेयर, स्टार्टअप लगायतका क्षेत्रको विकास र विस्तारमा अमूल्य योगदान दिएका छन् ।