कीवर्डहरू -

विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड विजय कृष्ण श्रेष्ठले पाएका हुन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लामो योगदान दिएका व्यक्ति हुन, विजय कृष्ण श्रेष्ठ । ‘आइसिटी भेट्रान’को उपनामले समेत परिचित श्रेष्ठले इलेक्ट्रोनिक्स उत्पादन कम्पनी बेल्ट्रोनिक्स कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स स्थापना गरेका थिए ।

एमबीएसम्मको अध्ययन पुरा गरेका उनी क्यान महासंघका पूर्व अध्यक्ष समेत हुन् । देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरेका विजय नेपाल इलेक्ट्रिक भेहिकल इन्डष्ट्रीका अध्यक्ष पनि हुन् ।

विभिन्न कम्पनीमा प्रोमोटर तथा निर्देशक रहेका श्रेष्ठसँग हाइड्रोपावर, बैंकिङ, इन्स्योरेन्स, कम्प्युटर, इलेक्ट्रोनिक क्षेत्रमा काम गरेको ३९ वर्षको लामो अनुभव रहेको छ ।