कीवर्डहरू -

फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान

फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ प्रदान

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा फोनपेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड प्रदान गरिएको हो ।

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधि मार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने निजी क्षेत्रका कम्पनीलाई यो अवार्ड प्रदान गरिन्छ ।

नेपालको डिजिटल भुक्तानीमा अमूल्य योगदान दिएको फोनपेलाई यस वर्षको डिजिटक सर्भिसेस अवार्ड प्रदान गरिएको छ । फोनपेलाई सिल्भर लाइनिङले २ लाख नगद समेत प्रदान गरेको छ ।

फोनपे नेपालको अग्रणी भुक्तानी सेवा सञ्चालक (पीएसओ) हो । एफवान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित फोनपे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल भुक्तानी क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ ।

नेपालको अधिंकास ठाउँमा फोनपे क्युआरबाट भुक्तानी हुँदै आएको छ । अन्तर्राष्ट्रिय भुक्तानी साझेदारको रूपमा फोनपेले भिसा, मास्टरकार्ड, अलि पेसँग सहकार्य गरेको छ ।

१० लाख बढी मर्चेन्ट आवद्ध रहेको फोनपे १ करोड ८० लाख बढी प्रयोगकर्ताले प्रयोग गर्दै आएका छन् । यसमा ६३ बढी बैंक, वित्तिय संस्था तथा मोबाइल वालेट आवद्ध छन् ।

फोनपेले इन्टरबैंक फन्ड ट्रान्सफर, फोनपे डाइरेक्ट, क्युआर भुक्तानी, अनलाइन रिटेल पेमेन्ट लगायतका सेवा प्रदान गर्दै आएको छ ।
फोनपेबाट दैनिक ५ अर्ब बढीको कारोबार हुन्छ । फोनपेले डिजिटल भुक्तानीको इकोसिस्टम सिर्जना गर्ने गरी काम गर्दै आएको छ । फोनपे पीसीआई डीएसएसबाट प्रमाणित कम्पनी हो ।