कीवर्डहरू -

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा गल्ली म्याप्सलाई प्रडक्ट आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको साँघुरो गल्लीबाट आएको हो, जुन अन्य म्याप प्लेटफर्ममा देखिदैन् ।

नेपालकै आफ्नै म्याप एप गल्ली म्याप्समा गल्ली, सडक, घर नम्बर, ल्याण्डमार्क जानकारी भटाउन सकिन्छ, जुन गूगल म्यापमा मिसिङ छन् । गल्ली म्याप्सलाई कुनै एक ठाउँमा अर्को ठाउँमा सजिलै र वास्तविक रूटबाट जान मिल्ने बनाउने भिजन कम्पनीको छ ।

डेलिभरीका लागि गल्ली म्याप्समा ३६० डिग्री इमेलमा ट्याग गर्न र सेयर गर्न सकिन्छ । यसले गर्दा सजिलै वास्तविक घर पत्ता लगाउनुका साथै समय, पैसा र फोन गरिरहनु पर्ने समस्या कम गर्न मद्दत पुग्ने छ ।

अबको ३ वर्षमा गल्ली म्याप्सलाई दक्षिण एशियामा लाने समेत कम्पनीको योजना छ । सार्वजनिक यातायात, शौचालय, फ्री वाईफाई लगायत अन्य सार्वजनिक सूचना पनि एपमा राख्ने योजना छ ।