कीवर्डहरू -

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनालेमा पाण्डेलाई जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिएको हो ।

कोरोना महामारीमा पनि उनले विभिन्न नवप्रवर्तनमा काम गरेका थिए  । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनलाई सम्मान र प्रोत्साहन स्वरूप जुरी मेन्सन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षिय दिक्षान्त पाण्डे वेब डेभलपर हुन् । उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन्। जुन यसअघि आइसिटी अवार्डको राइजिङ स्टार विधा अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो ।

यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्ने जस्ता लगायतका काम गर्न सकिन्छ ।