कीवर्डहरू -

टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ 

टिगले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ 

पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ टिगले पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा टिगलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड दिइएको हो ।

टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ ।

टिग इन्जिनियर, चार्टड एकाउन्टेन्ट र बिजनेस म्यानेजरको समूहले तयार पारेको हो । नेपाली व्यवसायको समस्यालाई समाधान गर्न टिग निर्माण गरिएको कम्पनीको भनाइ छ ।

टिगमा डकुमेन्ट, टास्क र कन्ट्याक्टका साथसाथै खरिद, बिक्री, इन्भेन्ट्री र अकाउन्टिङ फिचर छन् । टिगबाट इनभेन्टरीको ३६० डिग्री हेर्न सकिन्छ । प्रयोगकर्ताले मोबाइलबाटै बिल, इनभ्वाइस अपलोड गर्न सक्छन् ।