कीवर्डहरू -

पुस १५ गतेदेखि पूर्ण कार्यान्वयनमा आउँदै एमडीएसएस

पुस १५ गतेदेखि पूर्ण कार्यान्वयनमा आउँदै एमडीएसएस

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।

शनिबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले  पुस १५ गतदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा आउने जानकारी दिएको हो ।

सिस्टम पूर्ण रूपमा सञ्चालनमा आएपछि गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ ब्लकिङ गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदाैभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिटको आईईएमइ नम्बर सहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।

नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनन सहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा दर्ता गर्न सकिने छ ।

यदी तपाईलाई आईएमईआई नम्बर थाहा छैन् भने *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ ।

अनलाइनबाटै यसरी गर्नुस् आईएमईआई नम्बर दर्ता

शुरूमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आवेदकको प्रकारमा नेपाली छनोट गर्नुहोस् भने टाइपमा आईएमईआई छनोट गर्नुहोस् ।

यति गरेपछि आफ्नो मोबाइलको ब्राण्ड नाम, मोडेल नाम, आईएमईआई नम्बर, आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा पासपोर्ट वा अन्य परिचयपत्र र इमेल लगायतका विवरण राखेर सबमिट गर्नुहोस् ।

यदी तपाईको मोबाइलको २ वटा आईएमईआई नम्बर छन् भने २ वटै दर्ता गर्नुपर्ने हुन्छ । आईएमई नम्बर राख्ने ठाउँमा सेमिक्लोन (;) अप्सन राखेर अर्को आईएमईआई नम्बर राख्नु पर्नेछ ।

तपाईले सबमिट गरेपछि तपाईको इमेलमा एप्लिकेसन सबमिट भएको जानकारी प्राप्त हुनेछ र भेरिफेसन प्रोसेस पुरा भएपछि इमेलमा पुनः जानकारी आउने छ ।