कीवर्डहरू -

सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक

सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक

सामसङ ग्यालेक्सी एफ२३ मा एन्ड्रोइड १३ मा आधारित वान युआई ५ अपडेट सार्वजनिक भएको छ । गत हप्तानै सामसङले ग्यालेक्सी एफ२२ मा वान युआई ५ अपडेट सार्वजनिक गरेको थियो र अब ग्यालेक्सी एफ२३ मा पनि यो अपडेट सार्वजनिक भएको छ ।

सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ को फर्मवेयर भर्सन ई२३६बिएक्सएक्सयू१बिभिएल१ भर्सन रहेको छ र यसलाई इन्स्टल गर्नका लागि २.७ जिबी जतिको अपडेट डाउनलोड गर्नुपर्ने हुन्छ । यसलाई ग्यालेक्सी एफ२३ को सेटिङ्गमा गएर सफ्टवेयर अपडेट मेन्युमा क्लिक गरेर प्राप्त गर्न सकिन्छ ।