कीवर्डहरू -

हल्ट प्राइज पुलचोक क्याम्पसको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न, सामाजिक उद्यमशीलता बारे छलफल

हल्ट प्राइज पुलचोक क्याम्पसको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न, सामाजिक उद्यमशीलता बारे छलफल

आइओईको पुलचोक क्याम्पसमा हल्ट प्राइजको वार्ता शृंखलाको पहिलो सत्र सम्पन्न भएको छ । ‘सामाजिक उद्यमशीलताको परिचय’ विषयमा भएको अनलाइन कुराकानी सफलतापूर्वक सम्पन्न भएको हो ।

११० बढी सहभागी भएको कार्यक्रममा सन्नी राजोपाध्याय, नताशा खेम्का र रजनी गुरुङको अतिथीको रूपमा उपस्थिति थियो ।

इकोर्ब्सका सीईओ र च्याउ बायोटेक्नोलोजीका सह-संस्थापक सन्नी राजोपाध्यायले प्रकृतिको कच्चा मालको उपयोग गरेर एक हरियाली र स्वस्थ भविष्यको निर्माणका लागि काम गरिरहेको बताए ।

उनले सामाजिक उद्यमशीलता भनेको पैसा कमाउनु र सँगसँगै सामाजिक कल्याण गर्नु रहेको बताए । त्यस्तै वाइल्डविभ्स्को संस्थापक नताशा खेम्काले असाधारण बहुमुखी कच्चा पदार्थको रूपमा हेम्पलाई देखेर त्यसमा केन्द्रित विभिन्न उत्पादन विकास गर्न सामाजिक उद्यमहरूसँग संलग्न भएको जानकारी दिइन् ।

दिगो नेपालका सह-संस्थापक रजनी गुरुङले सबै दिगो वातावरण निर्माण गर्न प्रयासरत हुनुपर्ने बताइन् ।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार पनि भनेर चिनिने हल्ट प्राइज वार्षिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जसले युवाहरूलाई विश्वका केही गम्भीर समस्याहरूलाई सम्बोधन गर्दै रचनात्मक तथा सामाजिक व्यवसायहरूको विकास गर्न प्रोत्साहित गर्दछ।

यस वर्षको हल्ट एट आईओईलाई मस्त कला, टास्केड, डिजिटल ओसन, इन्ट्रान्स क्याफे, इम्प्याक्ट हब, एन्एम्बीसीएल्, एम् सेक्युरिटी र प्रोटोजोआहोस्टले सहयोग गरेका छन् ।