कीवर्डहरू -

भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज, प्रतिस्पर्धीमाथि आशंका 

भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज, प्रतिस्पर्धीमाथि आशंका 

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुलाई लक्षित गर्दै फेसबुकमा नकारात्मक 'फेक रिभ्युज' दिइएको छ । भोजमाण्डुलाई लक्षित गर्दै बुधबार राती अकस्मात नकारात्मक तरिकाले फेसबुकमा फेक रिभ्युज दिइएको हो ।

कसैले भोजमाण्डुलाई लक्षित गर्दै नकारात्मक रिभ्युज दिएको भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए ।

बुधबार केही मिनेटको अन्तरमा नयाँ नयाँ अकाउन्ट बनाएर भोजमाण्डु बारे गलत, हुँदै नभएको फेक रिभ्युज दिइएको छ ।

भोजमाण्डुको प्रतिस्पर्धीले यसरी फेसबुकमा नकारात्मक रिभ्युज दिएको हुन सक्ने कम्पनीको आशंका छ । नकारात्मक फेक रिभ्युजको विषयमा कम्पनीले फेसबुकसँग कुरा गरिरहेको छ ।

फेसबुकमा एक पोष्ट राख्दै संस्थापक यादवले अब यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।

पछिल्लो समय भोजमाण्डुले रातमा पनि घर घरमा फुड पुर्‍याउँदै आएको छ । गत वर्ष पनि गूगल प्ले स्टोरमा रहेको भोजमाण्डुको एपमाथि पनि फेक रिभ्युज गरिएको थियो ।

भोजमान्डुले हाल काठमाडौँ, भक्तपुर, ललितपुर र वीरगंजमा आफ्नो सेवा प्रदान गरिरहेको छ । २ वर्ष अगाडि स्थापना भएको भोजमान्डु छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।