कीवर्डहरू -

परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्दै हल्ट प्राइज आईओई

परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्दै हल्ट प्राइज आईओई

हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र आयोजना गर्ने भएको छ । परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्ने भएको हो ।

आगामी शनिबार दिउँसो २ बजेदेखि इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा सुरू हुने यस कार्यक्रममा आफ्नो समूहमा कस्ता कस्ता मानिस राख्ने ? कार्य विभाजन कसरी गर्ने ? कार्यको निगरानी कसरी राख्ने ? लगायतका विषय बारे जानकारी दिइने छ ।

निःशुल्क आयोजना हुने शत्रमा वक्ताको रुपमा अर्बन गर्लका सह–संस्थापक किरण तिम्सिना र ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीको उपस्थिति रहनेछ । छलफलमा सहभागीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

किरण तिम्सिनाले वेस्टक्लिफ विश्वविद्यालयबाट टेक र इनोभेसनमा एमबीए गरेका हुन् । अर्कोतर्फ गिरीले लन्डन साउथ बैंक युनिभर्सिटीबाट प्रोजेक्ट म्यानेजमेन्टसँग अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनमा एमएससी गरेकी छिन् ।