कीवर्डहरू -

पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन पोइन्टमा छानेरै विद्युत विच्छेद गरेकोले इन्टरनेट सेवा अवरूद्ध भएको हो ।

प्राधिकरणले विद्युत काट्दा इन्टरनेट सेवा प्रदायकहरुको लिंक डाउन हुन गएकोले पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले जानकारी दिएको छ ।

यसरी इन्टरनेट सेवा प्रवाहमा असर गर्नेगरी नेपाल विद्युत प्राधिकरणले गरेका कार्यले मानव अधिकारलाई चुनौती समेत दिइरहेको आस्पानको ठहर छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालले विद्युत प्राधिकरणका कारण उत्पन्न भएको सो अवस्था प्रति राज्यको उच्च निकायहरुको ध्यानाकर्षण गर्दै विद्युत प्राधिकरणसँग आवश्यक क्षतिपूर्तिको माग गरेको छ ।