कीवर्डहरू -

पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ  

पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ  

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङले दोस्रो भएको छ । जनवरी ६ देखि ८ सम्म चलेको फाइनलमा डीआरएस दोस्रो हुन सफल भएको हो ।

योसँग नेपालको ई-स्पोर्ट्समा डीआरएस गेमिङले एउटा इतिहास रचेको छ । ३ दिनसम्म चलेको पीएमजीसी फाइनलमा कुल १५८ पोइन्ट जोड्दै दोस्रो स्थान हात पारेको हो ।

पीएमजीसीको पहिलो एसटुजी, दोस्रो डीआरएस, तेस्रो अल्फा सेभल ई-स्पोर्ट्स र चौथो एसटीई भएका छन् । दोस्रो स्थान हात पारेसँगै डीआरएस गेमिङले करिब ३ करोड रूपैयाँ पाएको छ । त्यस्तै नेपालको अर्को टिम ट्रेन टु किलले ११२ पोइन्ट जोड्दै १३ औं स्थान बनाएको छ ।

इन्डोनेसियामा भएको फाइनल खेलमा विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरेका थिए । उक्त १६ टिममध्ये प्रतिस्पर्धाबाट दोस्रो स्थानमा डीआरएस र १३ औं स्थानमा टिटुके रहन सफल भएका छन् ।