कीवर्डहरू -

सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने, स्टार्टअप कोष र इन्क्युवेसन सेन्टर स्थापना हुने 

सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने, स्टार्टअप कोष र इन्क्युवेसन सेन्टर स्थापना हुने 

सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मेक इन नेपाल अभियान सञ्चालन गर्ने घोषणा गरिएको हो ।

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने र राष्ट्रिय पुँजीको विकास गर्ने र मुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मेक इन नेपाल अभियान सञ्चालन गरिने बताए ।

त्यस्तै रोजगार बैंक, स्टार्टअप कोष, इन्कुबेसन सेन्टर स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गर्ने बताइएको छ ।

यस्तै रोजगारी र उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि सीप, पूँजी र तालिम दिने र सुरूवाती व्यवसाय गर्न चाहने बिउपूँजी (सिडमनी) सहलियतपूर्ण ब्याजदरमा उपलब्ध गराउने सरकारको घोषणा छ ।

स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि जब मिटरको व्यवस्ता गरिने छ ।