कीवर्डहरू -

सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गर्ने घोषणा गरिएको हो ।

इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबार सुरक्षा सुनिश्चित गर्ने विषय पनि साझा कार्यक्रममा समेटिएका छन् ।

विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने बताइएको छ ।