कीवर्डहरू -

क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिंकिङ विषयमा कुराकानी गर्दै हल्ट प्राइज आईओई

क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिंकिङ विषयमा कुराकानी गर्दै हल्ट प्राइज आईओई

हल्ट प्राइज एट आइओईले उद्यमशीलता सिरिजको तेस्रो शत्र आयोजना गर्ने भएको छ । क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिङकिङ विषयमा टक सिरिजको तेस्रो शत्र सञ्चालन गर्ने भएको हो ।

आगामी शनिबार दिउँसो २ बजेदेखि इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा सुरू हुने यस कार्यक्रममा प्रतिस्पर्धाका लागि विभिन्न आइडियाहरु सिर्जना गर्न र डिजाइनहरुको बारेमा सोच्ने लगायतका विषय बारे जानकारी दिइने छ ।

निःशुल्क आयोजना हुने शत्रमा वक्ताको रुपमा मस्त कलाका संस्थापक निखिल अग्रवाल र अरुन अग्रवाल रहनेछन् । त्यस्तै सो कार्यक्रमको अरु वक्ताको रुपमा वेदको संस्थापक निर्देश द्वा र सहसंस्थापक सुजित पाठक रहेका छन् ।