कीवर्डहरू -

म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक, के के छन् सुविधा ?

म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक, के के छन् सुविधा ?

एप्पलको एम टू प्रो र एमटू म्याक्स चिप भएको म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक भएको छ । यी चिप १४ र १६ इन्चको म्याकबुक प्रो र म्याक मिनी कम्प्युटरका लागि सार्वजनिक भएको हो ।

यो पहिलेको मोडेल भन्दा ४० प्रतिशत छिटो चल्ने गर्दछ । यस चिपले ब्याट्री लाइफ पनि राम्रो दिने कम्पनीको भनाइ छ । यसले ३५ प्रतिशत छिटो जिपियू पर्फरमेन्स दिनेछ ।

यसको स्क्रीन पहिलेकोभन्दा २५ प्रतिशत बढि उज्यालो बनाउँछ । यसमा एट कोर सिपियू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ ।

यसमा एआई, सीपीयू, जीपीयू प्रोसेसर एकीकृत गरिएको छ । अबको लगभग एक वर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रूपले छाँडने लक्ष्य राखेको छ ।

यसमा १०८० पिको वेबक्याम, चार ओटा स्पीकर साउण्ड सिस्टम, टचआईडी र फ्यानलेस इन्टेरियर डिजाइन पनि रहेको छ । यसमा एट कोर सीपीयू र १० कोर जीपीयू रहेको छ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट रहेको छ । यी डिभाइसको ढुवानी जानवरी २४ बाट सुरु हुनेछ ।